[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

रोहिणी, देवदह , तिलोत्तमा , ओमसतिया क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिबृद्धि कार्यकम

Feb 26 2024
रोहिणी, देवदह , तिलोत्तमा , ओमसतिया क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिबृद्धि कार्यकम

यहि मिति २०८० पौष २७ गते नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा रुपन्देहीको बार्षिक कार्ययोजना अन्तर्गत रोहिणी, देवदह , तिलोत्तमा , ओमसतिया क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिबृद्धि कार्यकम जिल्ला साखा रुपन्देही का अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता ,संघ केन्द्रका केन्द्रिय पुर्ब उपाध्यक्ष तथा जिल्लाका बिशेष सल्लाहकार लोकहरी श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता, चौतारी हेल्थ फाउन्डेसन नेपालका प्रमुख कार्यकारी अधिकृत किरण ढकाल , संघ प्रदेशका सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई , सिनियर कन्सटेन्ट न्युरो साइक्रार्टिक डा.सन्डिप बर्मा , जिल्ला शाखा का सल्लाहकार प्रभा भण्डारी , ज्वाहर लाल न्यौपाने , चौतारी फाउन्डेसन का प्रशासन प्रमुख बिमल ढकाल, संघका पदाधिकारी तथा सदस्यहरु एबम देवदह , तिलोत्तमा , ओमसतिया क्षेत्रका औषधि व्यावसायी हरुको सहभागितामा तिलोत्तमा नगरपालिका ११ मृगौली स्थित चौतारी अस्पताल प्रा लि सेमिनार हलमा सम्पन्न गरियो ।

संघका क्षेत्रगत संयोजक जसु पुन एबम गणेश गौतम ज्युको संयोजकत्वमा रहेको उक्त कार्यक्रम कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने , प्रमुख अतिथि , अतिथिज्युहरु,हामिलाइ कार्यक्रम हल तथा खाजाको ब्यबस्थापन गरिसहयोग गर्नु हुने चौतारी हेल्थ फाउन्डेसन नेपाल परिवार , मनोरोग सम्बन्धि प्रशिक्षण दिनु हुने डा सन्दीप बर्मा , कार्यक्रम संयोजक ज्युहरु , लगायत उपस्थित सम्पूर्ण लाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं !

Related News