[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

मानसिक स्वास्थ तथा लागु औषध सम्बन्धि सचेतना मुलक कार्यक्रम

Feb 26 2024
मानसिक स्वास्थ तथा लागु औषध सम्बन्धि सचेतना मुलक कार्यक्रम

नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा रुपन्देहीको बार्षिक कार्ययोजना अन्तर्गत मानसिक स्वास्थ तथा लागु औषध सम्बन्धि सचेतना मुलक कार्यक्रम जिल्ला साखा रुपन्देही का अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता ,संघ केन्द्रका केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता, संघका कानुनी सल्लाहकार युबराज घिमिरे , कालिका मानवज्ञान् माध्यमिक बिधालय का प्र.अ दिनेश थापा ,बु.उ.मा.न.पा का जनस्वास्थ्य शाखा निरीक्षक कल्पना भुषाल ,एबोलन नेपालका काउन्सिलर रन्जु थापा , माला प्रधान , चौतारी हेल्थ फाउन्डेसन नेपालका अरुण थापा ज्यु को आतिथ्यता तथा बिधालयका शिक्षक, शिक्षिका ज्युहरु लगायत संघका पदाधिकारी तथा सदस्यहरु को सहभागितामा बुटवल उपमहानगरपालिका को कालिकानगर स्थित कालिका मानवज्ञान माध्यमिक बिधालयमा सम्पन्न गरियो ।

संघका का.स .स एकादेव बस्याल ज्युको संयोजकत्वमा रहेको उक्त कार्यक्रम मा आर्थिक सहयोग गर्नु हुने बुटवल उपमहानगरपालिका ,प्राबिधिक सहयोगमा चौतारी हेल्थ फाउन्डेसन , ग्लोबन नेपाल , काउन्सिलर ज्यु हरु अरुण थापा , रन्जु शर्मा ,माला प्रधान ज्यु , अबसर प्रदान गर्नु हुने मानवज्ञान मा. बि.परिवार लगायत उपस्थित सम्पूर्ण लाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं !

Related News