[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

सैनामैना,फर्साटिकट,सालझन्डी रुद्रपुर,हरैया सियारी कन्चन,क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

Aug 22 2024
सैनामैना,फर्साटिकट,सालझन्डी  रुद्रपुर,हरैया सियारी कन्चन,क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

सैनामैना,फर्साटिकट,सालझन्डी रुद्रपुर,हरैया सियारी कन्चन,क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम !!!!

नेपाल औषधि व्यवसायि संघ जिल्ला शाखा रुपन्देहीले मिति २०८१ आषाढ ०८ गते बुटवल पश्चिम् क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यकम होटल बावरि मुर्गियामा सम्पन्न गरेको छ ।

जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर वस्नेतको अध्यक्षता, लुम्बिनी प्रदेशका प्रदेश अध्यक्ष लुकराज न्यौपाने ज्युको प्रमुख आतिथ्यता, लुम्बिनी प्रदेशका सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज बैकुण्ठ कोईराला , सहजकर्ता वरिष्ठ कन्सल्टेन्ट डा.प्रकाश भट्टराई ,संघका पदाधिकारी तथा सदस्यहरु, सैनामैना, सुद्दोधन,कन्चन,क्षेत्रका गरी ६० जना औषधि व्यवसायी हरुको सहभागिता रहेको थियो |

डा.प्रकाश भट्टराईले सर्प दम्शको अहिलेको अबस्था ,बच्ने उपाय,र प्रारम्भिक उपचार र नेपालमा सर्प दम्शबाट बर्सेनि मनिसले ज्यान गुमाउनु परेको अबस्था र तथ्यांक विवरणको बारेमा करिब ४५ मिनेट उपस्थितिलाई जानकारिदिनु भएको थियो

क्षेत्रगत भेलाको विषयवस्तुको बारेमा शाखा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक केदार नेपालले जानकारी गराउनु भएको थियो ।

यस क्षेत्रमा दर्ता नभएका औषधि पसल र खुल्ला सिमाको दुरुपयोग गरी सिमापारीबाट औषधिल्याई पसल सञ्चालन गर्ने गरेकोमा औषधि व्यवसायीहरु र प्रशासनको संयुक्त प्रयासमा समस्याको निराकरण गर्नु पर्ने बदलिदो परिस्थितिसंगै व्यवसायीहरु आफु पनी अपडेट हुनुपर्ने, मुख्य रूपमा ब्यावसायिहरु बीचमा एकरुपमता कायम हुनुपर्ने, Expiry भएका औषधिहरुलाई छुट्टै कार्टुन वा अलग स्थानमा राख्ने, औषधिमा हुने अस्वस्थ प्रतिस्पर्धा कम गर्ने, विषयमा जोड दिइएको थियो ।

व्यावसायीक समस्याहरुका विषयमा छलफल गर्ने उद्देश्यले आयोजना गरिएको उक्त भेलामा प्रदेश अध्यक्ष लुकराज न्यौपानेले औसधि ब्यावसायिको व्यावसायिक मुल्य र मान्यताभित्र रहेर व्यावसाय चलाउन तथा नि.जिल्ला अध्यक्ष सुरज भट्टराईले खाद्यपुरक बस्तुले ब्यावसायमा अफ्ट्यारो पारेको तथा व्यवसायीहरुलाई परेका व्यवसायीक अप्ठ्याराहरुमा संघले पहल गर्न सदैव तयार रहेको र बिना दर्तावाला र झोले ब्यापारीलाई निरुत्साहित गर्न जिल्ला शाखा रुपन्देही कडा रुपमा लाग्नुपर्नेमा साथै भैपरी आउने समस्यालाई हल गर्न व्यवसायीहरु बीचमा एकजुट हुनुपर्ने नै आजको आवश्यकता रहेकोमा जोड दिनुभएको थियो ।

कार्यक्रम महासचिव कृष्ण प्रसाद पोख्रेल को सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News