नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीद्वारा वियादशमी, शुभ दीपावली छठ तथा नेपाल सम्बत लगाएतका नेपालीहरुको महान पर्वहरुको शुभकामना आदान प्रदान तथा सम्बन्ध विस्तार कार्यक्रम सम्पन्न भयोे ।
संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्युको अध्यक्षता, केन्द्रिय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्युको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल, संघका पूर्व केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष तथा पदाधिकारी ज्युहरु, रुपन्देही जिल्ला संस्थापक अध्यक्ष सुरज भट्टराई, विशेष सल्लाहकार, सल्लाहकार ज्युहरु तथा सदस्य ज्युहरु, नेपाल चिकित्सक संघ, सिदार्थ बाल तथा महिला अस्पताल, नेपाल पत्रकार महासंघ, बुटवल उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख, नर्सिङ्ग एशोसिएशन, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल फार्मेसी संघ, केन्द्र, प्रदेश र जिल्ला, नेपाल केमिकल एण्ड सर्जिक एशोसिएसन, पारा मेडिकल एशोसिएसन, नेपाल फार्मास्यूटिकल्स एशोसियसन, पिन लुम्बिनी, एन.एम.एस आर ए, मेलान का अध्यक्ष तथा संस्थाका प्रतिनिधि ज्युहरु, संघ रुपन्देही जिल्लाका पदाधिकारी तथा सदस्य ज्युहरु, क्षेत्रगत संयोजक लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा गणेश गौतम, नारायण पौडेल, राजबन्धु लामीछाने, गणेश सेढाई, युवराज घिमिरे, भोजराज बस्याल, ईश्वरी पौडेल, बाबुराम भण्डारी, सुरेन्द्र प्रसाद यादव, किरण ढकाल, कुमारी हरी के.सी., युवराज पाण्डे, विश्वास ढकाल, लुकराज न्यौपाने, डा. विनोद पराजुली, बाबुराम भट्टराई, डा.कृष्ण खरेल, डा.इन्द्र ढकाल अजयमान श्रेष्ठ र राम प्रसाद खरेल लगाएयतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमका अध्यक्ष ज्युल स्वागत तथा शुभकामना दिनु भएको थियो भने कार्यक्रमको संयोजन शाखाका सचिव कपिल ज्ञवालीले गर्नुभएको थियो । कार्यक्रको अन्त्यमा उपस्थिति सम्पूर्णलाई धन्यवाद सहित कार्यक्रम संचालक महासचिव कृष्ण प्रसाद शर्मा पोखरेलले कार्यक्रम समापन गर्नुभएको थियो।