नेपाल औषधि व्यवसायी संघ, लुम्बिनी प्रदेशको पाँचौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। कार्यक्रमको संयोजन गरी न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा लुम्बिनी प्रदेश लगायत दाङ जिल्ला शाखा प्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।
यसैगरी उक्त कार्यक्रममा वर्षभरिको कार्य मूल्याङ्कन गरी ११ वटै जिल्लाबाट उत्कृष्ट कार्य सम्पादन गर्ने जिल्ला शाखाको रुपमा रूपन्देही जिल्ला शाखालाई सम्मान गर्नुभएकोमा आगामी दिनमा अझै उत्कृष्ट काम गर्ने चुनौती एवम् हौसला थपिएको महसुस गर्दै, मुल्यांकन समिति परिवार, लुम्बिनी प्रदेश परिवार, लगायत हामीलाई गाइड लाइन गर्नुहुने आदरणीय संस्थापक अध्यक्ष, विशेष सल्लाहकार ज्युहरु, सल्लाहकारज्यूहरू, कानुनी सल्लाहकार युवराज घिमिरे, कर्मचारी भाइबहिनीहरु , विभिन्न उपसमितिमा रहेर कामगर्न सहयोग गर्ने सम्पूर्ण साथीहरु लगायत सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक धन्यवाद एबम् कृतज्ञता व्यक्त गर्दछौं ।