[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

लुम्बिनी, सूर्यपुरा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

Feb 15 2024
लुम्बिनी, सूर्यपुरा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

नेपाल औषधि व्यवसायि संघ जिल्ला शाखा रुपन्देहीले मिति २०८० माघ ६ गते लुम्बिनी तथा सूर्यपुरा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यकम सम्पन्न गरेको छ ।

संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर वस्नेतको अध्यक्षता, संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली ज्युको प्रमुख आतिथ्यता, संघ लुम्बिनी प्रदेशका सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई, शाखाका सल्लाहकार कृष्ण प्रसाद भट्टराई, युवराज घिमिरे, सहजकर्ता कर्न्सटेनट डा.सतदल चौधरी, संघका पदाधिकारी तथा सदस्यहरु, लुम्बिनी तथा सूर्यपुरा क्षेत्रका क्षेत्रगत संयोजक शिव पुजन मिश्र गरी ३० जना औषधि व्यवसायी हरुको सहभागिता रहेको थियो ।

क्षेत्रगत भेलाको विषयवस्तुको बारेमा शाखा उपाध्यक्ष पुरुषेत्तम भट्टराईले जानकारी गराउनु भएको थियो । लुम्बिनी क्षेत्रमा दर्ता नभएका औषधि पसल र खुल्ला सिमाको दुरुपयोग गरी सिमापारीबाट औषधिल्याई पसल सञ्चालन गर्ने गरेकोमा औषधि व्यवसायीहरु र प्रशासनको संयुक्त प्रयासमा समस्याको निराकरण गर्नुपर्ने बदलिदो परिस्थितिसंगै व्यवसायीकहरु आफुपनी अपडेट हुनुपर्ने, मुख्य एकरुपमता कायम गर्नुपर्ने, Expiry भएका औषधिहरुलाई छुट्टै कार्टुन वा अलग स्थानमा राख्ने, औषधिमा हुने अस्वस्थ प्रतिस्पर्धा कम गर्ने, विषयमा जोड दिइएको थियो ।

व्यावसायीक समस्याहरुका विषयमा छलफल गर्ने उद्देश्यले उक्त भेला आयोजना गरिएको हो । प्रदेश अध्यक्ष शिव ज्ञवाली तथा कानूनी सल्लाहकार प्रमुख युवराज घिमिरेले उठेका विषयवस्तु तथा व्यवसायीहरुलाई परेका व्यवसायीक अप्ठ्याराहरुमा संघले पहल गर्न सदैव तयार रहेको जानकारी दिनुभएको थियो । कार्यक्रम महासचिव नारायण बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

नारायण बहादुर थापा                                    खड्ग बहादुर वस्नेत

    महासचिव                                                     अध्यक्ष

                                       एबम

                     नेपाल औषधि व्यावसायी संघ

                    जिल्ला शाखा रुपन्देही परिवार ।

Related News