[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

लागू औषध दुब्यर्सनी सम्बन्धी रोकथाम,अन्तरक्रिया तथा सचेतना कार्यक्रम

Feb 20 2025
लागू औषध दुब्यर्सनी सम्बन्धी रोकथाम,अन्तरक्रिया तथा सचेतना कार्यक्रम

लागू औषध दुब्यर्सनी सम्बन्धी रोकथाम,अन्तरक्रिया तथा सचेतना कार्यक्रम

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीको आयोजना, बुटवल उपमहानगरपालिका र प्रहरी चौकी श्रवणपथ, बुटवलको सहयोगमा लागू औषध रोकथाम सम्बन्धि अन्तरक्रिया एवं सचेतिकरण कार्यक्रम ०८१ माघ २१ गते होटल मेरिगोल्ड बुटवलमा सम्पन्न भएको छ । जिल्ला शाखा अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षता, बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेवी अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्री, वरिष्ठ मनोरोग विशेषज्ञ डा. मनोज ढुङ्गाना, संघ लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, श्रवणपथ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खगेन्द्र पराजुली, जिल्ला शाखाका संस्थापक अध्ब्यक्ष सुरज भट्टराई, बुटवल उपमहानगर पालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, विशेष सल्लाहकार र सल्लाहकार ज्यूहरू, प्रदेश कार्यसमितिका पदाधिकारी सदस्यज्यूहरू, जिल्ला शाखाका पदाधिकारी, सदस्यहरू समेत गरी १०० जना औषधि व्यवसायीहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सावित्रादेवी अर्यालले व्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो भने मन्तव्य राख्दै प्रमुख अतिथिले लागू औषध दुब्यर्सनीको समस्या समाधानका लागि सामूहिक प्रयास गर्नुपर्ने बताउनु भयोे । कार्यक्रममा विशेष सल्लाहकार बाबुराम भट्टराई, डा. मनोज ढुङ्गाना, धर्मराज खत्री, सुरज भट्टराई, युवराज पाण्डेले लागू औषध रोकथाम सम्बन्धि सचेतना र रोकथामका विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वरिष्ठ मनोरोग विशेषज्ञ डा.मनोज ढुङ्गानाले लागू औषध तथा यसको दुष्प्रभाव र रोकथामका उपायहरूबारे जानकारी दिनुभएको थियो । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक धर्मराज खत्रीले लागू औषध नियन्त्रणमा औषधि व्यवसायी र समुदायको भूमिका महत्वपूर्ण हुने बताउँदै अवैध लागू औषध कारोबारबारे समयमा नै प्रहरीलाई जानकारी दिन आग्रह आग्रह गर्नुभएको थियो ।

स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा जिल्ला शाखा रुपन्देही कार्यसमितिका सदस्य एकादेव वस्यालले गर्नुभएको थियो । महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।

 

 

 

 

 

Related News