[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

रुपन्देही जिल्ला को संयोजनमा नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश को पुर्ण बैठक

Feb 26 2024
रुपन्देही जिल्ला को संयोजनमा नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश को पुर्ण बैठक

नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश को पुर्ण बैठक संघ लुम्बिनी प्रदेश का अध्यक्ष शिव ज्ञवाली ज्यु को अध्यक्षता, निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई ज्यु को प्रमुख आतिथ्यता, केन्द्रिय उपाध्यक्ष द्वय सुनिल श्रेष्ठ ज्यु , राम प्रसाद खरेल ज्यु को बिशिस्ट आथित्यता , संघ का विशेष सल्लाहकार , सल्लाहकार ज्यु हरु ,एघार वटै जिल्ला का अध्यक्ष तथा पदाधिकारी ज्यु हरु , प्रदेश पदाधिकारी तथा सदस्य ज्यु हरु एबम जिल्ला शाखा रुपन्देही का पदाधिकारी तथा सदस्य हरुको सहभागीतामा रुपन्देही जिल्ला तिलोत्तमा न .पा को बिग चियर रिसोर्ट मा सम्पन्न गरियो !

रुपन्देही जिल्ला को संयोजन , प्रदेश महासचिव को संचालन मा रहेको उक्त कार्यक्रममा हाल सम्म भएका जिल्लाका कार्यक्रम प्रतिबेदन प्रस्तुत गरिएको थियो भने प्रमुख अतिथि ज्यु लगाएत बक्ताहरले व्यावसायिका देखिएका समस्याहरुका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो साथै कार्यक्रम अध्यक्षज्यु ले सम्पूर्ण बैठकमा उठेका सुझाव हरु लाई सम्बोधन गर्दै कार्यक्रम समापन गर्नु भएको थियोे ।

रुपन्देही जिल्ला शाखा लाई संयोजन गर्ने अबसर प्रदान गर्नु भएकोमा लुम्बिनी प्रदेश प्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने , प्रमुख अतिथि, बिशिस्ट अतिथि , अतिथि ज्यु हरु , लगाएत सम्पूर्ण उपस्थिति लाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं । हामीलाई आबस्यक सामाग्री उपलब्ध गराइ सहयोग गर्नु हुने नेपाल सि आर एस कम्पनी ,क्रीम्सन अस्पताल परिवार , बिग चियर रिसोर्ट परिवार कार्यक्रम सम्योजक रुपन्देही जिल्ला शाखा महासचिव नारायण थापा , सम्पूर्ण जिल्ला शाखा पदाधिकारी तथा सदस्य ज्यु हरु लगायत सहयोग गर्नु हुने सम्पूर्ण प्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

Related News