[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

भैरहवा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

Feb 26 2024
भैरहवा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

भैरहवा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यक्रम

नेपाल औषधि व्यवसायि संघ जिल्ला शाखा रुपन्देहीले मिति २०८० माघ ६ गते भैरहवा क्षेत्रको क्षेत्रगत भेला तथा क्षमता अभिवृद्धि कार्यकम सम्पन्न गरेको छ ।

संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर वस्नेतको अध्यक्षता, संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली ज्युको प्रमुख आतिथ्यता, संघ लुम्बिनी प्रदेशका सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई, शाखाका सल्लाहकार कृष्ण प्रसाद भट्टराई, युवराज घिमिरे, सहजकर्ता कन्सल्टेन्ट डा.सतदल चौधरी, संघका पदाधिकारी तथा सदस्यहरु, एनपिएल (लापेन डिभिजनका प्रतिनिधि गोपालराज सुवेदी, नवराज न्यौपाने, भैरहवा क्षेत्रका क्षेत्रगत संयोजक तुल्सीराम भट्टराई गरी ७० जना औषधि व्यावसायी हरुको सहभागिता रहेको थियो ।

क्षेत्रगत भेलाको विषयवस्तुको बारेमा कार्यसमिति सदस्य तथा संयोजक उमेशचन्द्र आचार्यले जानकारी गराउनु भएको थियो । औषधि व्यवसाय सेवामुखी व्यवसाय भएको, नागरीकको जीवनसंग प्रत्क्षय सरोकार राख्ने विषय भएकाले व्यवसायीक आचार संहिताको पूर्ण पालना गर्नुपर्ने, भ्हउष्चथ भएका औषधिहरुलाई छुट्टै कार्टुन वा अलग स्थानमा राख्ने, औषधिमा हुने अस्वस्थ प्रतिस्पर्धा कम गर्ने, मनोदिपक औषधिको कारोबार गर्दा रेकर्ड राखेर मात्र कारोबार गर्ने र साइन बोर्डमा एकरुपता कायम गर्ने कुरामा जोड दिइएको थियो ।

व्यावसायीक समस्याहरुका विषयमा छलफल गर्ने उद्देश्यले उक्त भेला आयोजना गरिएको हो । प्रदेश अध्यक्ष शिव ज्ञवाली तथा कानूनी सल्लाहकार प्रमुख युवराज घिमिरेले उठेका विषयवस्तु तथा व्यवसायीहरुलाई परेका व्यवसायीक अप्ठ्याराहरुमा संघले पहल गर्न सदैव तयार रहेको जानकारी दिनुभएको थियो । कार्यक्रम महासचिव नारायण बहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Related News