[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

बुटवल क्षेत्रको खुद्रा भेला तथा क्षमता अभिवृद्धी तालिम

Feb 26 2024
बुटवल क्षेत्रको खुद्रा भेला तथा क्षमता अभिवृद्धी तालिम

नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा रुपन्देहीको बार्षिक कार्ययोजना अन्तर्गत बुटवल क्षेत्रको खुद्रा भेला तथा क्षमता अभिवृद्धी तालिम जिल्ला साखाका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता , बुटवल उपमहानगरपालिका का उप प्रमुख साबित्र देवी अर्याल ज्यु को प्रमुख आतिथ्यता संघ केन्द्रका बरिष्ठ केन्द्रिय उपाध्यक्ष राम प्रसाद खरेल ज्युको बिशिस्ट आतिथ्यता , केन्द्रिय पुर्व अध्यक्ष बाबुराम भट्टराई ज्यु , लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ,संघ का बिशेष सल्लाहकार डा.रोहितराज क्षेत्री लोकहरी श्रेष्ठ ,संघका संस्थापक अध्यक्ष सुरज भट्टराई , लुम्बिनी प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई , लगायत जिल्ला शाखाका सल्लाहकार ज्युहरु , बुटवल उपमहानगरपालिका स्वास्थ शाखा प्रमुख युबराज पाण्डे , प्रशिक्षक मुकुन्द ज्ञवाली ज्युको आतिथ्यता खुद्रा तर्फ का संयोजक केदार नेपाल ज्यु को संयोजकत्वमा जिल्ला शाखाका पदाधिकारी ,सदस्य तथा उपसमिति सदस्य ज्युहरु एबम औषधि खुद्रा व्यावसायि हरुको उपस्थितिमा बु.उ .मा. न .पा. मेरि गोल्ड होटल मा सप्पन्न गरियो ।

व्यावसायिक सम्बन्ध बिस्तार , क्षमता अभिवृद्धी एबम व्यावसायिक समस्या का बिषयमा छलफल गर्ने उदेश्यले राखिएको उक्त कार्यक्रममा व्यावसायिहरुले उठाएका समस्या हरु , exp/breakage , क्लिनिक दर्ता मा कठिनाइ ,बढी छुट दिई ब्यापार गर्ने भनी भ्रामक प्रचार , neutraceuticals तथा खाद्य प्रोडक्ट ,बिना दर्ता संचालित पसल लगायत उठेका समस्या हरुलाइ केहि समस्या तत्काल संघ बाट समाधान गर्ने बाकी समस्या लाई संबंधित निकाय मा पहल गर्ने गरि कार्यक्रम संयोजक केदार नेपाल एबम अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु ले सम्बोधन गर्नु भयो । करिब 80 जना व्यावसायि हरु को उपस्थिति रहेको उक्तकार्यक्रम मा स्वास्थ शाखा प्रमुख युबराज पाण्डे ज्यु ले अहिले को स्वास्थ नीति , नगरपालिका मा क्लिनिक तथा फार्मेसी दर्ता सम्बन्धि जानकारी दिनुभएको थियोे भने प्रशिक्षक मुकुन्द ज्ञवाली ज्युले तनाव ब्यबस्थापन तथा व्यावसाय ब्यबस्थापन को बिषयमा प्रशिक्षण दिनु भएको थियो यसैगरी अर्का प्रशिक्षक डा. रोहितराज क्षेत्री ज्यु ले आफ्नो लामो समय को अनुभव सेयर गर्दै औषधि बिक्रि कला , औषधि भण्डारण तथा बिक्री सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे । ,कार्यक्रममा संस्थापक अध्यक्ष सुरज भट्टराई , बिशिस्ट अतिथि ज्यु एबम अतिथि ज्यु हरुले व्यावसाय लाई अझै मर्यादित एबम संगठित बनाउदै लैजानु पर्ने कुरामा जोड दिनु भयो भने कार्यक्रम का प्रमुख अतिथि ज्युले संघले व्यावसायिक तथा सामाजिक उत्तरदायित्व सम्बन्धि गर्ने कार्यक्रममा नगरपालिकाका तर्फबाट संधै सकारात्मक सहयोग रहिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो , अन्तमा कार्यक्रम का अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु ले कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने प्रमुख अतिथि , बिशिस्ट अतिथि अतिथि ज्युहरु , क्षेत्र गत संयोजक ज्यु हरु लगायत उपस्तिथि सम्पूर्ण मा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भयो ।

Related News