[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

बुटवल उद्योग बाणिज्य संघको अधिबेशन बाट निर्वाचित कार्यसमिति लाई नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश /जिल्ला शाखा रुपन्देही द्वारा संयुक्त रुपमा बधाई तथा शुभकामना

Feb 26 2024
बुटवल उद्योग बाणिज्य संघको अधिबेशन बाट निर्वाचित कार्यसमिति लाई नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश /जिल्ला शाखा रुपन्देही द्वारा संयुक्त रुपमा बधाई तथा शुभकामना

बुटवल उद्योग बाणिज्य संघको २०८०/०६/२२ गते सम्पन्न अधिबेशन बाट निर्वाचित कार्यसमिति लाई नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश /जिल्ला शाखा रुपन्देही द्वारा संयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम सप्पन्न गरियो ।

संघ जिल्ला शाखा रुपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता , केन्द्रिय बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता बु .उ .बा. संघका नवनिर्वाचित अध्यक्ष हरि प्रसाद अर्याल ज्युको बिशिस्ट आतिथ्यता भएको उक्त कार्यक्रम मा सर्जिकल एन्ड केमिकल एसोसिएसन , फार्मेसी संघ ,स्वास्थकर्मी संघका केन्द्र , प्रदेश तथा जिल्लाका प्रतिनिधि ज्युहरु , बु. उ .बा. संघका नवनिर्वाचित पदाधिकारी तथा सदस्य ज्युहरु, औषधि व्यावसायी संघ लुम्बिनी प्रदेश , जिल्ला शाखा रुपन्देही का बिशेष सल्लाहकार ज्युहरु , सल्लाहकार ज्युहरु ,पदाधिकारी तथा सदस्य ज्युहरु लगायत औषधि व्यावसायी साथीहरू को सहभागिता रहेको थियोे ।

कार्यक्रमको संचालन संघ लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने ज्युले गर्नु भएको थियो भने संघ जिल्ला शाखा रुपन्देहीका का. स .स. एकादेब बस्याल ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियोे , यसैगरी बु .उ.बा.संघ का तर्फबाट उद्योग उपाध्यक्ष तथा संघ जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष सुरज भट्टराई ज्यु र नवनिर्वाचित अध्यक्ष हरिप्रसाद अर्याल ज्यु ले आफ्नो प्रतिबद्धता साथै औषधि व्यावसायी संग सहकार्य गर्दै अगाडि बढ्ने कुरा राख्दै मतदाता हरुलाइ धन्यवाद व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा केम्सनका केन्द्रिय सदस्य बिजय खनाल , फान केन्द्रिय सदस्य ध्रुब कुमार शर्मा , NCDA केन्द्रिय निवर्तमान उपाध्यक्ष सुनिल श्रेष्ठ , संघ प्रदेश तथा जिल्ला का बिशेष सल्लाहकार डा. रोहितराज क्षेत्री , प्रमुख अतिथि संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल लगायतले बधाई तथा शुभकामना मन्तव्य राख्नु भएको थियोे भने कार्यक्रमका अध्यक्ष ज्यु ले शुभकामना सहित उपस्थिति लाई धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियोे ।

 

 

 

 

Related News