[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

बधाई सम्मान तथा सम्बन्ध बिस्तार कार्यक्रम

Feb 26 2024
बधाई सम्मान तथा सम्बन्ध बिस्तार कार्यक्रम

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको दोस्रो बैठक एबम बधाई सम्मान तथा सम्बन्ध बिस्तार कार्यक्रम संघका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता,संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यता, संघका बिशेष सल्लाहकार ज्युहरु, सल्लाहकारज्यु हरु ,कानुनी सल्लाहकार अधिवक्ता युबराज घिमिरे ,संघ लुम्बिनी प्रदेशका महासचिव लुकराज न्यौपाने , रुपन्देही जिल्ला इन्चार्ज ईन्द्र भट्टराई ज्यु को आतिथ्यतामा निबर्तमान अध्यक्ष सुरज भट्टराई लगायत सम्पूर्ण कार्यसमितिको सहभागितामा संघको बैठक कक्षमा बसि सप्पन्न गरियो । यहि अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालका नब नियुक्त अध्यक्ष अजयमान श्रेष्ठ , सदस्य लक्ष्मी भट्टराई , नेपाल फार्मेसी संघका नब निर्वाचित अध्यक्ष किरण ढकाल एबम केन्द्रिय सदस्य ध्रुव कुमार शर्मा ज्यु लाई हार्दिक बधाई एबम उहाँहरुको स्वर्णिम कार्यकालको निम्ति शुभकामना व्यक्त गरियो । कार्यक्रममा संघ को तर्फबाट निवर्तमान अध्यक्ष सुरज भट्टराई ज्युले स्वागत मन्तव्य सहित संघको धारणा व्यक्त गर्नु भएको थियो भने कार्यक्रममा केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ ,प्रादेशिक अस्पताल का अध्यक्ष अजयमान श्रेष्ठ एबम फान का केन्द्रिय अध्यक्ष किरण ढकाल ज्युले शुभकामना मन्तव्य राख्दै आपसमा सहकार्य गर्दै हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।अन्तमा अध्यक्ष ज्यु ले धन्यवाद सहित बैठक समापन गर्नु भयो ।

Related News