[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

प्राथमिक आँखा स्वास्थ शिक्षा सम्बन्धि तालिम

Feb 26 2024
प्राथमिक आँखा स्वास्थ शिक्षा सम्बन्धि तालिम

यहि मिति २०८०/०१/२३का दिन प्राथमिक आँखा स्वास्थ शिक्षा सम्बन्धि तालिम डा. उपेन्द्र देव भारी को अध्यक्षता मा बुटवल लायन्स आँखा अस्पताल को आयोजनामा नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको सह आयोजना मा सम्पन्न गरियो ।

संघका कार्यसमिति सदस्य उमेश चन्द्र आचार्यको संयोजकत्व मा भएको उक्त कार्यक्रम मा संघको तर्फबाट उपाध्यक्ष पुरुशोत्तम भट्टराई , महासचिव नारायण बहादुर थापा , उप कोषाध्यक्ष केदार नेपाल , क्षेत्रगत संयोजक ज्यु हरु लगाएत ४० जना औषधि व्यावसायी हरुको सहभागी रहेको थियोे । कार्यक्रम मा प्रशिक्षक इन्दिरा जोशी , प्रकाश पौडेल र कमल गौतम ज्युले प्रशिक्षण दिनु भएको थियोे भने प्रशिक्षण कार्यक्रम मनोहर न्यौपाने ज्युले संचालन गर्नु भएको थियो ।

हामिलाइ यो अबसर प्रदान गर्नु हुने कार्यक्रम का अध्यक्ष , बुटवल लायन्स आँखा अस्पताल परिवार , प्रशिक्षक ज्युहरु, कार्यक्रम संयोजक लगायत सहभागी सम्पूर्ण मा हार्दिक धन्यवाद एबम आभार प्रकट गर्दछौं !

Related News