[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाली औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही र जिल्ला शाखा गुल्मीको संयुक्त बैठक

Feb 26 2024
नेपाली औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही र जिल्ला शाखा गुल्मीको संयुक्त बैठक

नेपाली औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही र जिल्ला शाखा गुल्मीको संयुक्त बैठक जिल्ला शाखा रुपन्देही का अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता संघ केन्द्रका बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता , संघ प्रदेश का महासचिव लुकराज न्यौपाने , प्रदेश सल्लाहकार , प्रदेश सदस्य , गुल्मी जिल्ला अध्यक्ष फर्सुराम पाण्डे , लगायत पदाधिकारी तथा सदस्यज्यु हरु ,जिल्ला शाखा रुपन्देही का कानुनी सल्लाहकार युबराज घिमिरे ,शाखाका पदाधिकारी तथा सदस्य ज्यु हरुको सहभागितामा जिल्ला शाखा रुपन्देहीको कार्यलय बुटवलमा सम्पन्न गरियो !

आपसी सम्बन्ध बिस्तार तथा अनुभव आदानप्रदान गर्ने उदेश्य ले राखिएको उक्त कार्यक्रम मा जिल्ला शाखा रुपन्देही द्वारा जिल्ला शाखा गुल्मी लाई टीका खादा ले सम्मान गरि स्वागत गरिएको थियो साथै गुल्मी जिल्ला को कार्यलय भबन निर्माणका लागी जिल्ला शाखा रुपन्देही द्वारा सहयोग स्वरूप रु 25000/- प्रदान गरिएको थियोे ।

शाखाका महासचिव नारायण बहादुर थापाको संचालन मा रहेको उक्त कार्यक्रममा उपाध्यक्ष पुरुशोत्तम भट्टराई ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियोे भने दुबै जिल्लाका अध्यक्ष ज्यु हरुले हाल सम्म आ-आफ्नो शाखाले गरेका गतिविधि हरु प्रस्तुत गर्दै आगामी दिनमा सम्बन्ध अझै प्रगाढ गर्दै मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।सोही कार्यक्रम को अबसर पारेर गुल्मी जिल्ला शाखा द्वारा नवनिर्वाचित बरिस्ठ केन्द्रिय उपाध्यक्ष राम प्रसाद खरेल ज्यु लाई सम्मान गर्दै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम मा प्रदेश सल्लाहकार शेर बहादुर थापा , प्रदेश महासचिव लुकराज न्यौपाने लगाएत प्रमुख अतिथि ज्यु ले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।साथै दुबै जिल्ला शाखा द्वारा मायाको चिनो साटासाट गर्दै कार्यक्रम का अध्यक्ष ज्यु ले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भयो ।

Related News