[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औसधि ब्यावसायी संघको ५१ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको सयुक्त आयोजनामा आयोजित "रक्तदान कार्यक्रम

Aug 26 2024
नेपाल औसधि ब्यावसायी संघको ५१ औ स्थापना दिवसको अवसरमा जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको सयुक्त आयोजनामा आयोजित "रक्तदान कार्यक्रम

आज २०८१ असार १० गते नेपाल औषधि व्यावसायी संघको ५१औं स्थापना दिवस (NCDA DAY) को अवसरमा रुपन्देही जिल्ला शाखाका अध्यक्ष खड्ग बस्नेत ज्युको अध्यक्षता , पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईको प्रमुख आतिथ्यता, संघ लुम्बिनी प्रदेशका निवर्तमान अध्यक्ष , बिशेष सल्लाहकार ज्युहरु,सल्लाहकार ज्यु हरु , कानुनी सल्लाहकार , संघ लुम्बिनी प्रदेश पदाधिकारी तथा सदस्य ज्युहरु, जिल्ला शाखाका पदाधिकारी तथा सदस्यज्युहरु, क्षेत्र गत संयोजकज्युहरु, विभिन्न उपसमिति सदस्य तथा व्यवसायीहरुको सहभागितामा संघका संस्थापक अध्यक्ष स्व. पुष्पलाल राजभण्डारी ज्युको तस्बिरमा टीका तथा पुष्प गुच्छा अर्पण गरि संघको कार्यलयमा दिप प्रज्वलन साथै रक्तदान कार्यक्रम गरि मनाइयो । जिल्ला शाखाका सचिव कपिल ज्ञवाली ज्युको संयोजकत्वमा भएको उक्त कार्यक्रममा ६१ पिन्ट ब्लड कलेक्सन गरिएको छ । कार्यक्रममा सहयोग गर्नुहुने प्रमुख अतिथि , बिशिस्ट अतिथि ,अतिथि ज्युहरु सम्पूर्ण सहयोगी रक्तदाता ज्युहरु, बुटवल ब्लड बैंक परिवार लगाएत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै नेपाल औषधि व्यावसायी संघको स्थापना दिवस को अवसरमा सम्पूर्ण औषधी व्यावसायिहरुलाइ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

Related News