[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही द्वारा जिल्ला प्रशासन कार्यलय भैरहवा मा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ज्यु संग भेट्घाट गरि ज्ञापन पत्र बुझाइयो !

Feb 26 2024

संघका निवर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई , केन्द्रिय उपाध्यक्ष राम प्रसाद खरेल , लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ,महासचिव लुकराज न्यौपाने , संघ रुपन्देही जिल्ला का संस्थापक अध्यक्ष सुरज भट्टराई , अध्यक्ष खड्ग बहादुर बस्नेत , कानुनी सल्लाहकार युबराज घिमिरे , सल्लाहकार कृष्ण भट्टराई लगाएत जिल्ला पदाधिकारी तथा सदस्य ज्यु हरुको सहभागिता मा औषधि ब्यबस्था बिभाग , जिल्ला प्रशासन कार्यलय , स्थानीय पालिका बाट गरिएको अनुगमनको दौरानमा देखिएका व्यावसायीहरुका केहि समस्याहरु प्रति ध्यानाकर्षण गराउदै उक्त ज्ञापन पत्र बुझाइएको हो !

उक्त कार्यक्रम मा संघ को तर्फबाट निवर्तमान केन्द्रिय अध्यक्ष , केन्द्रिय उपाध्यक्ष , प्रदेश अध्यक्ष लगायत जिल्ला का संस्थापक अध्यक्ष ज्यु ले संस्था गत धारणा र व्यावसायिका ब्यबहारिक समस्या हरु का बिषयमा जानकारी गराउनु भयो ।यसैगरी प्रमुख जिल्ला अधिकारी ज्यु ले पनि यसलाई सकारात्मक लिदै व्यावसायिहरुले पनि ब्याबसाय मर्यादित र ब्यबस्थित गर्न केहि सुधार गर्नु पर्ने कुराहरू रहेको ,संघ ले पनि प्रशासन लाई सहयोग गर्नु पर्ने र आगामी दिनमा संघको पनि प्रतिनिधि रहने गरि संघ संग पनि समन्वय गरि अनुगमन तथा अन्य कार्यक्रम अगाडि बढाउने आश्वासन दिनु भएको छ।

प्रमुख जिल्ला अधिकारी लगायत सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

Related News