[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही को दोस्रो अधिबेशन बाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रम

Feb 26 2024
नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही को दोस्रो अधिबेशन बाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रम

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देही को दोस्रो अधिबेशन बाट निर्बाचित कार्यसमितिको पदस्थापन कार्यक्रम यहि मिति २०७९/१२/२३गते संघ का निबर्तमान अध्यक्ष सुरज भट्टराई ज्यु को अध्यक्षता , निबर्तमान केन्द्रिय अध्यक्ष बाबुराम भट्टराई ज्यु को प्रमुख आतिथ्यता , केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ , राम प्रसाद खरेल ज्यु को बिशिस्ट आतिथ्यता , संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली ,प्रदेश का पदाधिकारी तथा सदस्य ज्युहरु , संघ का बिशेष सल्लाहकार ज्यु हरु, सल्लाहकार ज्यु हरु , निर्बाचन अधिकृत ज्यु हरुको आतिथ्य ता, कार्यसमिति परिवार ,सम्पूर्ण उपसमिति साथीहरू एबम व्यावसायी ज्यु हरु को सहभागी ता मा बुटवल स्थित होटल दियालो फुड ल्याण्ड मा सप्पन्न गरियो।

संघ का निवर्तमान अध्यक्ष सुरज भट्टराई ज्यु ले आफ्नो कार्यकाल उत्कृष्ट गराइ कार्य सम्पादन गर्न सहयोग गर्नु हुने सम्पूर्ण लाई धन्यवाद दिदै नब निर्वाचित कार्यसमिती लाइ शुभकामना व्यक्त गर्दै अध्यक्ष ज्यु लाई आफ्नो माइन्युट हस्तान्तरण गरि माला पहिराएर पदास्थापित गराउनु भयो । यसैगरी नब निर्वाचित अध्यक्ष ज्यु ले कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने , निवर्तमान अध्यक्ष , प्रमुख अतिथि , बिशिस्ट अतिथि , अतिथि ज्यु हरु ,सम्पूर्ण मतदाता ज्यु हरु लगाएत सहभागी सम्पुर्ण लाई हार्दिक धन्यवाद व्यक्त गर्दै अग्रज हरुले पुर्याएको संस्था को उचाई लाई अझ थप उचाईमा पुर्याउदै संस्था तथा व्यावसायी को हक हितमा निरन्तर लाग्ने प्रतिबद्धता गर्नु भयो ।

Related News