[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशद्वारा संचालित वार्षिक कार्ययोजना निर्माण,नेतृत्व विकास एवं क्षमता अभिवृद्धि कार्यक्रम

Aug 26 2024
नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशद्वारा संचालित  वार्षिक कार्ययोजना निर्माण,नेतृत्व विकास एवं क्षमता अभिवृद्धि कार्यक्रम

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशद्वारा संचालित वार्षिक कार्ययोजना निर्माण,नेतृत्व विकास एवं क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी ।

नेपाल औषधि व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने ज्यूको अध्यक्षता, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल ज्यूको प्रमुख आतिथ्यता, संघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई,पूर्व केन्द्रीय उपाध्यक्ष तथा विशेष सल्लाहकारहरु सुनिल श्रेष्ठ, लोकहरी श्रेष्ठ ,निवर्तमान अध्यक्ष शिव ज्ञवाली विशेष सल्लाहकार एवं सहजकर्ता डा.रोहितराज क्षेत्री,केन्द्रीय सदस्य भुवनेश्वर बुढामगर संघका सल्लाहकार ज्यूहरु सहजकर्ता तथा कार्यालय प्रमुख युबराज घिमिरे ,रुपन्देही जिल्लाका संस्थापक अध्यक्ष सुरज भट्टराई लगायत प्रदेशका पदाधिकारी तथा सदस्यज्यूहरू एबम लुम्बिनी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका अध्यक्ष , महासचिव , कोषाध्यक्ष तथा प्रतिनिधिज्यूहरू को सहभागितामा रहेको उक्त कार्यक्रम कपिलवस्तु जिल्लाको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा श्रावण ११ र १२ गते सञ्चालन गरिएको थियो।

कार्यक्रमको पहिलो दिन श्रावण ११ गते बैठक सञ्चालन तथा निर्णय लेखन ,लेखा व्यवस्थापन तालिम, वार्षिक कार्य योजना लगायतका कार्यक्रम गरिएको थियो।! उक्त कार्यक्रममा बैठक सञ्चालन तथा निर्णय लेखन सम्बन्धी सहजकर्ता युवराज घिमिरेज्यूले प्रशिक्षण दिनुभएको थियो ।यसैगरी लेखा व्यवस्थापन सम्बन्धी सी.ए. कमल ज्ञवालीज्यूले प्रशिक्षण दिनुभएको थियो भने कार्ययोजना सम्बन्धी सहजकर्ता डाक्टर रोहितराज क्षेत्री एवं बाबुराम भट्टराई ज्यूले सहजीकरण गर्नुभएको थियो। यसैगरी निवर्तमान अध्यक्ष शिव ज्ञवालीज्यूले संस्थाको परिचय गराउनुका साथै संस्थाको संरचनाका बिषयमा प्रकाश पार्नुभएको थियो।

एघार वटै जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरु सहित विभिन्न विषयमा छलफल गरी पूर्ण बैठक समेत सोही दिन सम्पन्न गरिएको थियो। अन्तमा फेलोसिप कार्यक्रम गरी पहिलो दिनको कार्यक्रम समापन भएको थियो ।

यसैगरीकार्यक्रमको दोस्रो दिन श्रावण १२ गते बिहान ५.४५ बजे योग साधनाबाट सुरुवात गरी करिब ६ घण्टाको नेतृत्व बिकास एवं क्षमता अभिबृद्धी कार्यक्रम सहजकर्ता ट्रेनर उषा मल्ल सिंह द्वारा प्रशिक्षण गराइएको थियो। उक्त दुई दिनको कार्यक्रम अत्यन्त व्यवस्थित, उपलब्धिमूलक एवं फलदायक रहेको थियो।

यस कार्यक्रममा संघ रूपन्देहीको तर्फबाट कार्यवाहक अध्यक्ष नारायणबहादुर थापा, संघका संस्थापक अध्यक्ष सुरज भट्टराई, महासचिव कृष्ण पोख्रेल ,कोषाध्यक्ष केदार नेपालको सहभागिता रहेको थियो । कार्यक्रम सफलतापूर्ण सम्पन्न गर्नुभएकोमा लुम्बिनी प्रदेश परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै हामीलाई यो अवसर प्रदान गर्नुभएकोमा लुम्बिनी प्रदेश परिवार, सहजकर्ता युवराज घिमिरे, डा. रोहितराज क्षेत्री,बाबुराम भट्टराई ,सी.ए कमल ज्ञवाली ,सहजकर्ता उषा मल्ल सिंह लगायत सम्पूर्णप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।

Related News