[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको पाँचौं साधारण सभा

May 02 2024
नेपाल औषधि व्यवसायी संघ  जिल्ला  शाखा रुपन्देहीको पाँचौं साधारण सभा

मिति २०८१/०१/ १९ गते का दिन नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको पाँचौं साधारण सभा संघका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यूको अध्यक्षता,संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता, संघ केन्द्रका केन्द्रीय पुर्ब अध्यक्ष बाबुराम भट्टराई , संघ रुपन्देही जिल्लाका संस्थापक सुरज भट्टराई , रुपन्देही व्यापार संघ का अध्यक्ष दीपक अधिकारी ,बिशेष सल्लाहकारज्युहरु निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ ,डा. रोहितराज क्षेत्री,निर्मल ध्वज श्रेष्ठ, FAN रुपन्देहीका अध्यक्ष गणेश सेढाई , संघ लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यज्यूहरू संघ जिल्ला शाखा रुपन्देहीका सल्लाहकार ज्यूहरू लगायत विभिन्न संघ संस्थाबाट पाल्नु भएका अध्यक्ष तथा प्रतिनिधि ज्युहरु,रूपन्देही जिल्लाका अग्रज व्यावसायीहरु लगाएत करिब ३०० जना व्यवसायीहरु को सहभागितामा रुपन्देही ब्यापार संघको सभाहलमा सम्पन्न गरियो।

महासचिव नारायण थापा को संचालन, उपाध्यक्ष पुरुषोत्तम भट्टराईज्यूको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्ष को प्रतिवेदन छलफल गरी अनुमोदन गरियो। सोही कार्यक्रममा रुपन्देहीमा २०३२ सालदेखि संघमा आबद्ध भई व्यवसाय सञ्चालन गर्दै आएका अग्रज व्यवसायी नुरुल हसन अन्सारी ज्यूलाई अग्रज व्यवसायीको रुपमा सम्मान गरियो, साथै २०८० को केन्द्रीय अधिवेशनबाट संशोधित विधानअनुरुप कार्यसमिति पुनर्गठन गरी

वरिष्ठ उपाध्यक्ष- पुरुषोत्तम भट्टराई

उपाध्यक्ष(थोक )- माधव खनाल

उपाध्यक्ष (खुद्रा)- नारायण थापा

महासचिव कृष्ण प्र. पोख्रेल

कोषाध्यक्ष - केदार नेपाल

सचिव - कपिल ज्ञवाली

उप-कोषाध्यक्ष -उमेश चन्द्र आचार्य ज्यु लाई नियुक्त गरी अरु पदहरु पुरानै कायम हुने गरि संस्थापक अध्यक्ष सुरज भट्टराई ज्यु ले प्रस्तुत गर्नु भएको प्रस्ताव साधारण सभाबाट अनुमोदन गरियो।

एकादेव बस्याल संयोजनमा रहेको उक्त कार्यक्रममा शेषनारायण बस्याल, रामप्रसाद गौतम, प्रभा भण्डारी , दिपक अधिकारी , निर्मलध्वज श्रेष्ठ, सुनिल श्रेष्ठ, लुकराज न्यौपाने , बाबुराम भट्टराई ,रामप्रसाद खरेलज्यू लगायत ले संस्थाको गतिविधि एबम हक हितका बिषयमा बोल्दै शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु ले धन्यवाद सहित समापन गर्नु भयो ।

Related News