[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यवसायी संघ,जिल्ला शाखा रूपन्देहीकाे छैठौं वार्षिक साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न

Apr 08 2025
नेपाल औषधि व्यवसायी संघ,जिल्ला शाखा रूपन्देहीकाे छैठौं  वार्षिक साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ,जिल्ला शाखा रूपन्देहीकाे छैठौं वार्षिक साधारणसभा तथा बनभाेज कार्यक्रम सम्पन्न भएको छ जिल्ला शाखाका अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षता, संघका केन्द्रीय बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यूको प्रमुख आतिथ्ययता, संघका पूर्व अध्यक्ष बाबुराम भट्टराई, प्रदेश अध्यक्ष लुकराज न्याैपाने, प्रदेश निबर्तमान अध्यक्ष शिव ज्ञवाली, शाखाका सस्थापक अध्यक्ष सुरज भट्टराईका साथै साधारणसभामा लुम्बिनी प्रदेशका पदाधिकारी तथा सदस्यहरू, विशेष सल्लाहकार,सल्लाहकार, कपिलवस्तु जिल्लाशाखाका अध्यक्ष, रूपन्देही शाखाका पदाधिकारी तथा सदस्यहरू र करिव ३०० जना औषधि व्यवसायीहरूकाे उपस्थितिमा शंकरनगर बनबाटीकामा सफलतापूर्वक सम्पन्न गरियो ।

कार्यक्रमको प्रारम्भमा प्रमुख अतिथिहरूले फुलमा जलार्पण गरी छैठौं वार्षिक साधारणसभाको समद्घाटन गर्नुभएको थियो । महासचिव कृष्णप्रसाद शर्मा पाेखरेलको सञ्चालन, वरिष्ठ उपाध्यक्ष पुरूषाेत्तम भट्टराईको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष, महासचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत र छलफल गरी साधारणसभाबाट अनुमोदन गरियो । जिल्ला शाखा कपिलवस्तुलाई भवन निर्माण सहयोग रु २५,०००/- प्रदान गरियो। कार्यक्रमका अध्यक्ष खड्ग बहादुर बस्नेतले सम्पूर्ण उपस्थितिलाई धन्यवाद सहित साधारणसभा अन्त्य भएको घोषणा गर्नुभएको थियो ।

Related News