[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीद्वारा सम्मान तथा औषधि व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

Feb 20 2025
नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीद्वारा सम्मान तथा औषधि व्यवसायीहरूका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रूपन्देहीका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्युको अध्यक्षता, लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्य ज्यूको प्रमुख आतिथ्यता, माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारु ज्युको बिशिष्ट आतिथ्यतामा सञ्चालन गरिएको उक्त कार्यक्रम संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने, आन्तरिक राजस्व कार्यालयका वरिष्ठ अधिकृत धनेश्वर अर्याल, स्वास्थ्य महाशाखा प्रमुख बुटवल उपमहानगरपालिका का युवराज पाण्डे, सी.ए कमल ज्ञवाली विशेष सल्लाहकार ज्यूहरु शिव ज्ञवाली, सुनिल श्रेष्ठ, डा. रोहितराज क्षेत्री, लोकहरि श्रेष्ठ, संघ रुपन्देही संस्थापक अध्यक्ष सुरज भट्टराई, जिल्ला शाखाका सल्लाहकार ज्यूहरु, प्रदेश तथा जिल्लाका पदाधिकारी तथा कार्यसमिति सदस्यज्यूहरू, रूपन्देही जिल्लाका करिब २०० जना व्यवसायीहरूको सहभागिता रहेको थियो ।

छैटौं स्थापना दिवसको अवसर पारेर राखिएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका माननीय मुख्यमन्त्री चेतनारायण आचार्यज्यू र माननीय स्वास्थ्यमन्त्री खेम बहादुर सारु ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै सम्मान गरियो ।

उक्त कार्यक्रमम संघको परिचय सहित संघका धारणाहरू जिल्ला शाखा रूपन्देहीका संस्थापक अध्यक्ष सुरज भट्टराई तथा प्रदेश अध्यक्ष लुकराज न्यौपाने ज्यूले राख्नुभएको थियो भने माननीय मुख्यमन्त्री एवं माननीय स्वास्थ्य मन्त्रीज्यूले यसलाई सम्बोधन गर्दै संघले उठाएका जायज मागहरु अध्ययन गरेर अगाडि बढाउने र सबै मिलेर स्वास्थ्य क्षेत्र एवं समग्र प्रदेशको विकासका निम्ति अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी क्षमता अभिवृद्धि सम्बन्धी स्थानीय सरकारका स्वास्थ्य नीति सम्बन्धि सहजकर्ता युवराज पाण्डे, लागू तथा मनोद्दिपक सम्बन्धि सहजकर्ता शिव ज्ञवाली, राजश्व सम्बन्धि वरिष्ठ कर अधिकृत धनेश्वर अर्याल, लेखा सम्बन्धी सी .ए कमल ज्ञवाली ज्यूले प्रशिक्षण दिनुभएको थियो ।

कार्यसमिति उप–कोषाध्यक्ष उमेश चन्द्र आचार्य, सचिव कपिल ज्ञवाली ज्यूको संयोजकत्व महासचिव कृष्ण पोखरेलको सञ्चालनमा रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि अतिथिज्यूहरू कार्यक्रममा आइजीआई प्रोटेन्सियल इन्सुरेन्स, एभरेस्ट प्यारेन्टल फर्मास्यूटिकलले सहयोग गरेका थिए । कार्यक्रमको अन्त्यमा लगायत सम्पूर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै अध्यक्ष ज्यूबाट कार्यक्रम समापन गरिएको थियो ।

Related News