[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको संयुक्त बैठक

Feb 20 2025
जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको संयुक्त बैठक

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको संयुक्त बैठक ०८१ पौष १९ गते सम्पन्न भएको छ । बैठक जिल्ला शाखा अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षता, केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको छ । कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा विशेष सल्लाहकार बाबुराम भट्टराई, लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, विशेष सल्लाहकार र सल्लाहकार ज्यूहरू, प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्यज्यूहरू, जिल्ला शाखाका पदाधिकारी र सदस्यहरू लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

यस अवसरमा, केम्सनका नवनिर्वाचित अध्यक्ष दीपक भट्टराई लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई जिल्ला शाखा रुपन्देहीले स्वागत र सम्मान प्रदान गरिएको छ । अध्यक्ष दीपक भट्टराईले स्वागत र सम्मानको लागि नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष र सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालक महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेलले सञ्चालन गर्नुभएको थियो ।

Related News