[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

जिल्ला शाखा रुपन्देही द्वारा चार जना सदस्य मनोनीत

Mar 18 2024
जिल्ला शाखा रुपन्देही द्वारा चार जना सदस्य मनोनीत

नेपाल औषधि व्यावसायी संघ केन्द्रिय अधिवेशन बाट संसोधित बिधान अनुसार , संघ लुम्बिनी प्रदेश ले दिइएको पत्रका आधारमा संघ जिल्ला शाखा रुपन्देही द्वारा चार जना सदस्य मनोनीत गरिएको छ । संघको नियमित बैठक 2080/10/09 गतेको बैंकक बाट निर्णय गरि संघ को नियमित बैठक 2080/12/2 गतेका दिन का. बा. अध्यक्ष पुरुशोत्तम भट्टराई को अध्यक्षता , संघका केन्द्रिय बरिस्ठ उपाध्यक्ष राम प्रसाद खरेल ज्यु को प्रमुख आतिथ्यता, संघका केन्द्रिय पुर्ब अध्यक्ष , संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा पदाधिकारी , संघ जिल्ला शाखा रुपन्देहीका जिल्ला इन्चार्ज , सल्लाहकार ज्युहरु , जिल्ला शाखाका पदाधिकारी तथा सदस्य ज्यु हरुको उपस्थिती रहेको उक्त कार्यक्रममा जिल्ला शाखा रुपन्देही का संस्थापक अध्यक्ष सुरज भट्टराई द्वारा सपथ गराइ चारजना सदस्य मोतिलाल खनाल , नारायण कुवर , गुन्जन ढकाल र सजना श्रेष्ठ ज्यु लाई मनोनीत गरियो । मनोनीत चारै जना सदस्यज्यु हरु लाई हार्दिक बधाई एबम सफल कार्यकाल को शुभकामना ।

Related News