[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

खुद्रा भेला तथा क्षमता अभिवृद्धि तालीम

Apr 28 2025
खुद्रा भेला तथा क्षमता अभिवृद्धि तालीम

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रूपन्देही द्वारा आयोजित खुद्रा भेला तथा क्षमता अभिवृद्धि तालीम कार्यक्रम होटल दियालो फुड ल्यान्ड बुटवलमासम्पन्न गरियो।

संघ जिल्ला शाखा रुपन्देही का अध्यक्ष खड्ग बहादुर बस्नेतको अध्यक्षता बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पान्डेय ज्यूको प्रमुख आतिथ्यता,संघ केन्द्रका पुर्व अध्यक्ष बाबुराम भट्टराई ,संघ लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपाने,विशेष सल्लाहकार, रोहित राज क्षेत्री, संस्थापक अध्यक्ष सुरज भट्टराई ,प्रमुख जनस्वास्थ्य अधिकृत बु.उ .मा .न. पा युबराज पान्डे , लुम्बिनी प्रदेशका पदाधिकारीहरु,थानेश्वर ज्ञवाली ,इन्द्र प्रसाद भट्टराई , थानेश्वर अर्याल,जिल्ला इन्चार्ज बैकुण्ठ कोइराला,सल्लाहकार प्रभा भण्डारी , मोहन प्रसाद पान्डे, कानुनी सल्लाहकार अधिवक्ता युवराज घिमिरे, प्रेस सल्लाहकार स्वस्तिक श्रेष्ठ लगायत जिल्लाका पदाधिकारीहरु तथा सदस्यज्युहरु, क्षेत्रगत संयोजकज्यु हरु ,खुद्रा उपसमिति , साथै यस क्षेत्रका करिब २४० जना व्यावसायी हरुको सहभागिता रहेको कार्यक्रममा व्यवसायीहरूका समस्याहरू एवं स्थानीय सरकारसँग सहकार्य तथा समन्वयका विषयमा छलफल गरिएको थियो।

खुद्रा उपाध्यक्ष नारायण बहादुर थापाको संयोजकत्वमा रहेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष सुरज भट्टराई ज्यु को स्वागत मन्तव्य,संघको संरचनात्मक स्थिति र व्यावसायमा भइरहेका र उत्पन्न भएका समस्या प्रस्तुत गर्नु भएको थियो

कार्यक्रममा उपस्थित व्यावसायिहरुले औसधि व्यावसायमा समस्या र चुनौती , क्लिनिक दर्ता , व्यावसायि कर ,फोहोर मैला ब्यबस्थापन जस्ता बिषयलाई लिएर व्यावसाय संचालमा समस्या थपिएको बताउनु भएको ।

उक्त कार्यक्रम मा सहजकर्ता अधिवक्ता युबराज घिमिरे ज्युले औषधि ऐन , आचार समिता , क्षतिपूर्ति नियमावली लगायतका बिषयमा प्रशिक्षण दिनु भएको थियो भने सहजकर्ता डा. रोहित राज क्षेत्री ज्युले GPP सम्बन्धि प्रशिक्षण दिनु भएको थियोे ।

कार्यक्रम मा संघ प्रदेश अध्यक्ष लुकराज न्यौपाने , बिशेष सल्लाहकार बाबुराम भट्टराई लगाएत प्रमुख अतिथि ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।कार्यक्रम मा उठेका बिषयहरुलाइ सम्बोधन गर्दै प्रमुख अतिथिज्यूले औसधि व्यावसायमा देखिएको समस्या समाधानका लागी स्थानीय सरकार व्यावसायी संग संधै संगै रहेको र सहकार्य गर्दै अगाडि बढ्ने जानकारी गराउनु भयो ।

कार्यक्रमका संयोजक नारायण थाप ज्यु ले सहजकर्ता,प्रमुख अतिथि, अतिथिहरु, विशेष सल्लाहकार , सल्लाहकार लगायत उपस्थित सम्पूर्णलाई धन्यवा व्याक्त गर्नु भएको थियोे भने

अध्यक्षज्यूले धन्यवाद सहित कार्यक्रम समापन गर्नु भएको थियोे ।

कार्यक्रम सप्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं ।

Related News