[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

औषधि व्यवसायीहरुको पसल र व्यवसायी कार्ड नवीकरण सम्पन्न

Apr 08 2025
औषधि व्यवसायीहरुको पसल र व्यवसायी कार्ड नवीकरण सम्पन्न

नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देही र लुम्बिनी प्रदेशको विशेष पहलमा रुपन्देही, कपिलवस्तु, पाल्पा, नवलपरासी, गुल्मी र अर्घाखाँचीका औषधि व्यवसायीहरुको नयाँ पसल दर्ता, पसल नवीकरण, पसलको पुनदर्ता र व्यवसायी कार्ड नवीकरण कार्यक्रम सम्पन्न भयो ।

फागुन ११ देखि १५ गतेसम्म बुटवल उपमहानगरपालिकाको वडा नं. ८ मा सञ्चालित नवीकरण विशेष कार्यक्रममा औषधि व्यवस्था विभागको टुर मुकाम टोलीले १६६ जना व्यवसायीहरुको पसल नवीकरण र व्यवसायी कार्ड नवीकरण भएको थियो । व्यवसायीहरुले आफ्नै ठाउँवाट व्यवसायी मान्यता प्र.प नवीकरण र पसल दर्ता नवीकरण गर्न पाउदा खुसी व्यक्त गरेका छन् ।

टुर मुकामले सरकारी सेवा प्रवाहमा सरलीकरण गरेको, संस्थागत सम्बन्ध सुदृढीकरणमा सहयोग पुगेको र आम व्यवसायीहरुका समस्या व्यवहारीक रुपमै बुझ्ने अवसर औषधि व्यवस्था विभागले प्राप्त गर्नुका साथै विभागका वैधानीक सिमाहरुका विषयहरुमा समेत औषधि व्यवसायीहरु साक्षातकार भएको संघ, लुम्बिनी प्रदेशका अध्यक्ष लुकराज न्यौपानेको बुझाई छ ।

दर्ता तथा नवीकरणका लागि व्यवसायी र विभागका बिचमा पुलको काम नेपाल औषधि व्यवसायी संघ, जिल्ला शाखा रुपन्देहीले गरेको शाखा कार्यवाहक अध्यक्ष पुरुषोत्तम भट्टराईले बताउनु भएको छ । संघ रुपन्देही शाखाले कार्य सहजीकरणका लागि कार्यविभाजन गरी उपाध्यक्ष नारायण बहादुर थापा, महासचिव कृष्ण प्रसाद शर्मा पोख्रेल, कोषाध्यक्ष केदारनाथ नेपाल र सचिव कपिल ज्ञवालीलाई विशेष जिम्मेवारी प्रदान गरी आवश्यक समन्वय गरेको थियो । पाँच दिनको कार्यक्रम पछी कार्यलयमा स्वागत तथा सम्मान सहित उहाँहरुलाई विदाई गरिएको छ । उक्त कार्यक्रम बुटवल उपमहानगरपालिकाको वडा नं ८ को कार्यलयको स्वास्थ्य शाखाको कार्यकक्षमा सम्पन्न गरिएको थियो । उक्त कार्यकक्ष प्रदान गरी सहयोग गर्नुभएकोमा बुटवल उपमहानगरपालिकाको वडा नं ८ कार्यालय लगायत, औषधि व्यवस्था विभागबाट पाल्नु भएका विभागका कर्मचारीहरु लगायत सम्पूर्णमा हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछौं ।

Related News