[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

Planning Workshop ,Leadership & Self Management Training programme

Feb 26 2024
Planning Workshop ,Leadership & Self Management Training programme

नेपाल औषधि व्यावसायि संघ जिल्ला शाखा रुपन्देहीको Planning Workshop ,Leadership & Self Management Training programme यही मिति २०८०जेष्ठ १२/१३ गतेका दिन सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट चन्द्रौटा मा संघका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्युको अध्यक्षता केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता , लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली , कार्यक्रम का मुख्य सहजकर्ता बिशेष सल्लाहकार डा.रोहित राज क्षेत्री ,बिशेष सल्लाहकार लोक हरि श्रेष्ठ , लुम्बिनी प्रदेश महासचिव लुकराज न्यौपाने , मुख्य प्रशिक्षक ऋषिराम न्यौपाने , सहजकर्ता कानुनी सल्लाहकार अधिवक्ता युबराज घिमिरे ज्यु लगायत सल्लाहकार ज्युहरु, प्रदेश सदस्य तथा जिल्ला इन्चार्ज इन्द्र प्रसाद भट्टराई ज्युको आतिथ्यता , निवर्तमान अध्यक्ष सुरज भट्टराई , जिल्लाका पदाधिकारी तथा सदस्य ज्यु हरु, विभिन्न उपसमिति तथा क्षेत्रगत संयोजक ज्युहरुको सहभागितामा सम्पन्न गरियो । उक्त कार्यक्रम मा leadership & self management सम्बन्धि प्रशिक्षण Int . Trainer राजयोगी ब्रम्हकुमार ऋषिराम न्यौपाने ज्युले दिनु भएको थियो। अत्यन्त सरल अनी सान्दर्भिक तरिकाले दिइएको उक्त प्रशिक्षण अत्यन्त प्रभावकारी एबम जिबनोपयोगी रहेको सहभागी सम्पूर्णले महसुस गर्नु भयो ! यसैगरी कार्यशाला कार्ययोजना सम्बन्धि प्रशिक्षण सहजकर्ता डा. रोहित राज क्षेत्री ज्युले दिनु भएको थियोे ! कार्यक्रममा कार्यसमिति पदाधिकारी तथा सदस्य ज्यु हरुले आ आफ्नो जिम्मेवारीमा परेको बिषय बस्तुमा तयार पारिएको कार्ययोजना तालिका प्रस्तुत गर्नु भएको थियोे भने सहजीकरण संघ लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, महासचिव लुकराज न्यौपाने , कानुनी सल्लाहकार अधिवक्ता युबराज घिमिरे ज्युले गर्नु भएको थियोे ।उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष सुरज भट्टराई ज्युले कार्यक्रम अत्यन्तै सफल , उत्साह जनक उपस्थित , पदाधिकारी तथा सदस्य हरुमा देखिएको नेतृत्वबिकासले आफू अत्यन्तै खुशी भएको व्यक्त गर्दै सम्पुर्ण लाई धन्यवाद व्यक्त गर्नु भयो !

औपचारिक कार्यक्रम पश्चात साँझ फेलोसिप तथा मनोरञ्जनात्मक कार्यक्रम गरि सोही रिसोर्ट एक दिनको आवास गरि भोलिपल्ट बिहानको खाजा संगै , कार्यक्रम को समिक्षा , फोटो सेसन गरि कार्यक्रम सप्पन्न गरियो ।

कार्यक्रम सम्पन्न गर्नका लागि सहयोग गर्नु हुने प्रमुख अतिथि , अतिथि ज्युहरु, प्रशिक्षक ,सहजकर्ता ज्यु हरु ,कार्यक्रम संयोजक संघका महासचिव नारायण थापा , उपसमिति संयोजक तथा सदस्य ज्यु हरु , आ- आफ्नो साधन स्वैच्छिक प्रयोग गरि यातायातमा सहयोग गरिदिने संघप्रेमी सहयोगी साथीहरू, सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट परिवार , लगायत सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं !!

Related News