[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको प्रथम बैठक

Feb 26 2024
नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको प्रथम बैठक

नेपाल औषधि व्यावसायी संघ जिल्ला शाखा रुपन्देहीको प्रथम बैठक संघका अध्यक्ष खड्ग बहादुर बस्नेत ज्यु को अध्यक्षता,संघका निबर्तमान अध्यक्ष सुरज भट्टराई , प्रदेशका रुपन्देही जिल्ला इन्चार्ज ईन्द्र भट्टराई ज्यु को आतिथ्यतामा सम्पूर्ण कार्यसमितिको सहभागितामा संघको बैठक कक्षमा बसि सप्पन्न गरियो । बैठकमा अधिबेशन को समिक्षा , कार्यसमितिको कार्य बिभाजन , कार्यसमितिको आचारसंहितामा , सल्लाहकार समिति गठन जस्ता बिषयमा छलफल तथा निर्णय गरियो । बैठकमा निवर्तमान अध्यक्ष ज्यु बाट नंया बर्ष २०८० को क्यालेन्डर बिमोचन गर्नु का साथै आपसमा शुभकामना आदानप्रदान पनि गरियो यसैगरी यहि अबसरमा लुम्बिनी प्रादेशिक अस्पतालका नब नियुक्त मेडिकल सुपरिटेन्डेन्ट बरिस्ठ फिजिसियन डा . सुदर्शन थापा ज्यु लाई हार्दिक बधाई एबम उहाँको स्वर्णिम कार्यकालको निम्ति शुभकामना व्यक्त गरियो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मे.सु डा .थापाले पनि आपसमा सहकार्य गर्दै हातेमालो गरि अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।अन्तमा अध्यक्ष ज्यु ले धन्यवाद सहित बैठक समापन गर्नु भयो ।

Related News