[email protected] 071-503176 गुणयुक्त, असरयुक्त, जनसुरक्षित औषधिको आपूर्तिः हाम्रो प्रतिवद्धता

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देही शाखाको पाँचौ स्थापना दिवस

Feb 26 2024
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देही शाखाको पाँचौ स्थापना दिवस

नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीले भाद्र २८ गते एक कार्यक्रमका विच शाखाको पाँचौ स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष खड्ग बहादुर वस्नेतज्यूको अध्यक्षता, बुटवल उप–महानगरपालिका उप–प्रमुख सावित्रादेवी अर्यालज्यूको प्रमुख आथित्यता, विशिष्ट अथिति केन्द्रीय निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, लुम्बिनी प्रदेश अध्यक्ष शिव ज्ञवाली, राजश्व अनुसन्धान कार्यालय, बुटवलका सूचना अधिकृत दिपेन्द्र श्रेष्ठ, सि.ए. प्रमोद पन्थी, प्रदेश महासचिव लुकराज न्यौपाने, विशेष सललाहकार, सल्लाहकार लगायत संघ प्रदेश तथा जिल्लाका पदाधिकारी तथा सदस्यहरु एवम् औषधि व्यवसायीहरुको सहभागितामा बुटवल स्थित होटल मेरिगोल्डमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रम महासचिव नारायण बहादुर थापाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

संघका कार्यसमिति सदस्य उमेशचन्द्र आचार्यज्यूको संयोजकत्वमा पाँचौं स्थापना दिवसको अवसरमा रक्त संचार केन्द्र बुटवललाई फाइल दराज सहयोग स्वरूप हस्तान्तरण गरियो । कार्यक्रममा वोल्दै रक्त संचार केन्द्र बुटवलका इन्चार्ज राधा ज्ञवाली ज्यूले संघले सधै सहयोग गर्दै आएको, आगामी दिनमा पनि संघसंग सामाजिक उत्तरदायित्व र सेवाका क्षेत्रमा निरन्तर रहीरहने बनाउनु भएको थियो ।

कार्यक्रममा शाखाका संस्थापक अध्यक्ष सुरज भट्टराईलाई सम्मान गरिएको थियो । कार्यक्रममा वोल्दै सस्थापक अध्यक्ष सुरज भट्टराईज्यूले स्थापनाकाल देखि आजसम्म सहयोग गर्नुहुने सम्पूर्णलाई आभार व्यक्त गर्दै संघको गरिमा बढाउन आफ्नो जिवनभर निरन्तर रुपमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । शाखाले नवनिर्वाचित केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेललाई बधाई तथा सम्मान समेत गरेको छ । स्थापना दिवसकै अवसरमा थोक भेला गरी व्यवसायीहरुका लागि एकदिने VCTS र लेखा सम्बन्धि अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय बुटवलका सूचना अधिकृत दिपेन्द्र श्रेष्ठले VCTS का बारेमा जानकारी तथा व्यवसायीहरुबाट प्राप्त जिज्ञाशाहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने लेखा तथा कर सम्बन्धिको जानकारी सि.ए. प्रमोद पन्थीज्यूले दिनु भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बुटवल उप–महानगरपालपिकाका उप–प्रमुख सावित्रादेवी अर्यालज्यूले संघ रुपन्देहीले गरेका कार्यक्रमको प्रसंसा गर्दै संघले गरेका कार्यक्रमहरुलाई बुटवल उप–महानगरपालिको तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । संघको गतिविधि र संघलाई सुदृढ र व्यवसायलाई मर्यादित बनाउनका लागि सबैले पहल गनुपर्ने कार्यक्रमका व्यक्ताहरुले धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा बाबुराम भट्टराई, राम प्रसाद खरेल, शिव ज्ञवाली लगायतले धारणा राख्नु भएको थियो । कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने प्रमुख अतिथि, विशिष्ट अतिथि अथितिज्यूहरुलाई कार्यक्रम संयोजक उमेशचन्द्र आचार्यले हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो । रुपन्देही शाखाको कार्यक्रम सफल पार्न सहयोग पु¥याउनुहुने सबैमा शाखाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

Related News